दुई ब्याटरको शतकका बाबजुद भारतले हार्‍यो दक्षिण अफ्रिका विरूद्धको दोस्रो ओडिआई

दक्षिण अफ्रिका विरूद्धको दोस्रो ओडिआईमा भारत पराजित भएको छ।

बुधबार बेलुकी रायपुरको शाहिद वीर नारायण सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ४ विकेटले पराजित गरेको हो।

भारतले दिएको ३५९ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४९.२ ओभरमा ६ विकेटको गुमाएर पूरा गर्‍यो।

दक्षिण अफ्रिकाको जितमा ओपनर एडेन मारक्रमले शतक प्रहार गरे। उनले  ९८ बलमा १० चौका र ४ छक्का प्रहार गरी ११० रन बनाए।

त्यस्तै म्याथ्यू ब्रीत्जकेले ६४ बलमा ५ चौका प्रहार गरी ६८ रन बनाए। डेवाल्ड ब्रेभिजले ३४ बलमा ५४ रन बनाउँदा १ चौका र ५ छक्का प्रहार गरेका थिए।

कप्तान टेम्बा बउमाले ४८ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ४६ रन बनाए।

टोनी डि जोर्जी १७ रन बनाएर रिटायर्ड हर्ट भए।  

कोर्बिन बोस १५ रनमा ४ चौका प्रहार गर्दै २९ रन बनाएर नट आउट रहे।

बलिङतर्फ भारतका प्रसिद कृष्ण र अर्शदीप सिंहले २/२ तथा हर्षित राना र कुलदीप यादवले १/१ विकेट लिए।

पहिले ब्याटिङ गरेको भारतले ५ विकेट गुमाएर ३५८ रन बनाएको थियो।

त्यस क्रममा भारतका दुई ब्याटरहरू विराट कोहली र रूतुराज गायकवाडले शतक प्रहार गरे।कोहलीले ९३ बलमा ७ चौका र २ छक्का प्रहार गरी १०२ रन बनाएका थिए।गायकवाडले  ८३ बलमा १०५ रन बनाउँदा १२ चौका र २ छक्का प्रहार गरे।कप्तान केएल राहुल ४३ बलमा ६ चौका र २ छक्का प्रहार गरी ६६ रन बनाएर नट आउट रहे।ओपनर यशश्वी जैसवालले २२ र रोहित शर्माले १४ रन बनाए।रविन्द्र जडेजा २७ बलमा २ चौका प्रहार गरी २४ रन बनाएर नट आउट रहे।बलिङतर्फ दक्षिण अफ्रिकाका मार्को जनसेनले २ तथा नन्द्रे बर्गर र लुंगी एनगिडी १/१ विकेट लिए।योसँगै भारत र दक्षिण अफ्रिकाबीचको सिरिज १-१को बराबरी भएको छ।अब शनिबार निर्णायक खेल हुनेछ।  

ताजा समाचार