८ दलबीच एकताको सहमतिः प्रचण्डले त्यागे माओवाद, नयाँ पार्टीको नाम अनिर्णित

काठमाडों । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित ८ राजनीतिक पार्टीहरुले एकताका लागि १८ बुँदे सहमति गरेका छन् ।

माओवादीले माओवादलाई त्याग्दै माक्र्सवाद–लेनिनवादलाई पार्टीको मार्गदर्शक सिद्धान्त बनाउन तयार भएको छ ।

८ दलबीच नयाँ पार्टीको नाममा सहमति भइसकेको छैन । चुनावचिन्ह भने पाँचकुने तारा रहनेछ ।

सहमतिपत्रमा प्रचण्ड र माधव नेपालसहित नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव, जनसमाजवादी पार्टीका अध्यक्ष सुवासराज काफ्ले, नेकपा (समाजवादी) पार्टीका अध्यक्ष राजु कार्की, नेकपाका महासचिव चिरन पुन, नेकपा माओवादी स्समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र नेकपा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।

ताजा समाचार