आज श्रावणको तेस्रो सोमबार, सुन्दरीजलमा बोलबम यात्री

काठमाडौं । आज साउनको तेस्रो सोमबार । पवित्र पाशुपत क्षेत्रको रौनक छुट्टै छ ।

साउन महिना हिन्दू धर्माबलम्बीका लागि विशेष महिना मानिन्छ ।

साउन महिनामा भगवान शिवको आराधना र पूजा गर्ने महिनाको रुपमा चिनिन्छ । धेरै महिलाहरु साउनमा उपवास पनि बस्ने गर्छन् ।

साउन महिनाको अर्को आकर्षण हो, बोलबम यात्रा । शिवभक्त हिन्दू धर्माबलम्बीहरु पहेलो पोशाक लगाएर खाली खुट्टा लामो बाटो पैदल हिडेर बोलबम यात्रा गर्छन् । साउन महिनाको सोमबार अझै विशेष मानिन्छ ।

तराईका विभिन्न जिल्लाबाट खाली खुट्टा बोलबम यात्रा गरेर आएका तिर्थयात्रीहरु साउने सोमवारको विहानै सुन्दरीजल पुगेका छन् । त्यहाँको जल बोकेर पशुपतिमा जाने परम्परा छ ।

ताजा समाचार