बंगलादेशमा आन्दोलन भड्किएपछि नेपाली विद्यार्थी फर्काउँदै सरकार, ८ सय फर्किँदैछन्ः परराष्ट्र

बंगलादेशमा आरक्षणबिरुद्ध भएको आन्दोलन भड्किएपछि असुरक्षित महशुस गरेका नेपाली विद्यार्थीलाई सरकारले स्वदेश फर्काउने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताएपछि सवार एरियाको इनाम मेडिकल कलेजमा अध्ययनरत १७ विद्यार्थीलाई हवाई मार्गबाट काठमाडौँ फर्काउन लागिएको जनाएका छन् ।

शनिबार राती सामाजिक सञ्जालमा सन्देश दिँदै उनले भनेका छन्, ‘इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीहरूलाई भोलि बिहान ४ बजे ढाका एयरपोर्ट ल्याएर त्यसपछि काठमाडौ फर्काउने प्रबन्ध गरिएको छ। नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले नेपालस्थित परिवारबाटै अनलाइन फारम भर्न सकिने सूचना जारी गरेको छ।

नेपाल आउन चाहने विद्यार्थीलाई परराष्ट्र मन्त्रालयले आवश्यक समन्वयन गरिरहेको जनाएकी छिन् । उनका अनुसार, हालसम्म झण्डै ८०० नेपाली विद्यार्थीहरु हवाई वा स्थलमार्ग हुँदै बंगलादेशबाट नेपाल आउने क्रममा छन् ।

ब्गलादेसका बिभिन्न स्थानहरूबाट ढाका विमानस्थललगायत अन्य सीमा नाकाहरूमा सुरक्षित यात्राको लागि समन्वय गरिरहेको परराष्ट्र मन्त्री आरजु राणाले बताएकी छिन् । उनले भनिन्, ‘हामीले बंगलादेशका विश्वविद्यालयहरू, सम्बन्धित निकायहरू र कानून प्रवर्तन एजेन्सीहरूसँग नजिकबाट समन्वय गर्दै आएका छौ ।

ताजा समाचार