पक्राउ परेपछि सिरोहियाले भने- नवअधिनायकवाद देखियो

गृहमन्त्री लामिछानेमाथि दुइटा पासपोर्ट प्रयोगको मुद्दा छ, के उहाँलाई पक्राउ पुर्जी जारी हुन्छ?

काठमान्डौ

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ।

मंगलबार साँझ साढे ६ बजे काठमाडौंको थापाथलीस्थित कार्यालयबाट सिरोहियालाई प्रहरीले पक्राउ गरेको हो। रोहियामाथि नागरिकताबारे धनुषा जिल्ला अदालतले मंगलबार पक्राउ पुर्जी जारी गरेको थियो।

पक्राउ परेपछि कान्तिपुर कार्यालय परिसरमा पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिएका अध्यक्ष सिरोहियाले आफूलाई नागरिकता काण्डमा भन्दा पनि सहकारी ठगीबारे गृहमन्त्री रवि लामिछानेबारे समाचार लेखिएकोमा पक्राउ गरिएको बताए।

साथै सिरोहियाले गृहमन्त्री लामिछानेमाथि दुइटा पासपोर्ट प्रयोगको मुद्दा रहेको पनि बताए।

गृहमन्त्री रवि लामिछानेमाथि त दुइटा पासपोर्टको मुद्दा छ। यसैलाई मेरो उजुरी मानेर भोलि वारेन्ट जारी हुनेमा म विश्वस्त छु,’ सिरोहियाले भने, ‘किनभने उहाँले दुइटा पासपोर्ट प्रयोग गर्नुभएको छ, कुनै महान्यायाधिवक्तालाई यो अधिकार छैन।’

सिरोहियाले आफूमाथि लागेको आरोपबारे छानबिन गर्न सहयोग गर्ने पनि बताएका छन्। 

तर जुन हिसाबले नवअधिनायकवाद देखिएको छ, मलाई कार्यकक्षबाटै गिरफ्तार गरिँदैछ,’ उनले भने, ‘म अन्‍तिमसम्म लडाइँ लड्छु। तर यो देशमा कानून छ। दुइटा पासपोर्ट बोक्ने? उहाँविरूद्ध सहकारी बचत ठगीमा यत्रो न्युज आइरहेको छ। मलाई नागरिकता काण्डमा गिरफ्तार गरेको होइन, सहकारी र उहाँविरूद्ध आएका न्युजका कारण हो।’

सिरोहियालाई मंगलबार नै जनकपुर लगिने प्रहरीले जनाएको छ।

ताजा समाचार