रोहितको अर्धशतक बाबजुद दोस्रो खेलमा नेपाल १० रनले पराजित

काठमाडौँ । मैत्रीपूर्ण टी–२० शृङ्खलाको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १० रनले पराजित गरेको छ ।

जीतका लागि १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५० रन मात्र बनाउन सक्यो ।यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६० रन बनाएको थियो ।

आजको जितसगै दुबै टिमको श्रृखलामा १-१ को अवस्थामा आईपुगेको छ ।

ताजा समाचार