टोकियो
गुल्मेली समाज जापानको पांचौ अधिवेशनबाट पुन: महेन्द्र अधिकारीको नेतृत्वमा नयां कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
अधिवेशनबाट उपाध्यक्षहरूमा महिला उपाध्यक्ष लक्ष्मी महर्जन केसि ,फर्शुराम न्यौपाने ,कृष्ण बाबु पोख्रेल ,कुल बहादुर पोख्रेल ,दिपक कंडेल ,ईन्द्र थापा ,ज्योति केसिलाई चयन गरेको छ ।
महासचिवमा नेत्र प्रसाद पान्डेय ,सचिवहरूमा दीपेन्द्र केसि ,लक्ष्मण बस्नेत ,सुदिप सापकोट , महिला सचिव कामना भन्डारी ,त्यस्तै कोषध्यक्ष निसान जिसि (अर्जुन) सह-कोषाध्यक्ष,निरज कार्कि ,तिलक विष्ट , युवा संयोजक निर्मल शर्मा ढकाल संगै सदस्यहरूमा , होमलाल सापकोटा अर्जुन भन्डारी,कृष्ण खरेल,धिरज भन्डारी ,कमल क्ष्रेष्ठ ,ईश्वरी ढकाल ,शिव प्रसाद खरेल ,सरिता भन्डारी,लक्ष्मण भट्टाराई रहेका छन ।
सस्थापक अध्यक्ष बाबुराम भन्डारीको प्रमुख आतिथ्य संगै शुरू भएको बन्द शत्रमा कोषाध्यक्ष जितेन्द्र केसिले आर्थिक प्रतिवेदन, महसचिव संगिता कुवरले प्रगति प्रतिवेदन पेश गरेका थिए । बन्द शत्रमा निर्वाचन समितिका संयोजक बाबुराम भन्डारी सदस्यहरूमा कुलचन्द्र खरेल र गुणराज सापकोटा रहेका थिए ।
कलाकारको प्रस्तुती
पांचौ अधिवेशनको घोषणा सभामा नेपालबाट सास्कृतिक कार्यक्रमका लागि जापान आईपुगेका खुमन अधिकारी,शान्ता रानि परियार संगै पुर्खे बा को बेजोड प्रस्तुतीमा संगितिकमय बनेको थियो ।
घोषण सभाका प्रमुख अतिथि रहेका जापानका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदी, एनआरएनए आईसिसि उपाध्यक्ष रोबिन शेरचन, एनआरएन जापानका उपाध्यक्ष सुभास लामिछाने लगाएतले शुभकामना ब्यक्त गरेका थिए
बन्द शत्र एवं घोषण सभाको सहजिकरण नेत्र प्रसाद पाण्डेले गरेका थिएभने स्वागत मतब्य कृष्ण वावु पोख्रेलले ब्यक्त गरेका थिए ।