जापान भ्रमणको प्याकेज बनाउदै सिटि ट्राभल


टोकियो

जापानबाट विभिन्न देशहरुको हवाई टिकटको सेवा दिदै आईरहेको सिटि ट्राभल जापानले, जापानबाट नेपाल सहित विभिन्न देशहरुमाभ्रमणको लागि प्याकेजको शुरुवात गरेको जानकारी दिएको छ । 

बुधबार जापानको टोकियोको सिन्जुकु वार्ड सिनओकुबोमा नयां कार्यलयको शुरुवात गर्दै सिटि ट्राभलका कार्यकारी निर्देशक दिनेशकेसीले सिटिले निकट भविष्यमा जापानबाट नेपाल, नेपालबाट जापान सहित जापान भित्रका विभिन्न पर्यटकिय स्थालहरुमा भ्रमणगराउने प्याकेजहरु शुरुवात गरिने जानकारी दिएका छन । 

बुधबार सिनओकुबो स्थित नयां कार्यलयको उदधाटन कोरियान एयालाईन्सका म्यानेजर सातोरु मेईकावा, नेपाल एयारलाईन्सकाम्यानेजर तिलक लामिछाने, सिङगापुर एयारलाईन्सका सायुरी कोजाई तथा सिटि ग्रुपका अध्यक्ष महेश श्रेष्ठले सयुक्त रिवन काटीगरेका थिए ।

विगत ७ बर्षदेखि सेवा दिईरहेको सिटि ट्राभल एन्ड कम्पनी आएटिए (IATA) को मान्यता प्राप्त गरेको छ भने नेपाल र टोकियोमाकार्यलय रहेको छ । 

ताजा समाचार