काठमाडौँ — पुल भासिँदा पृथ्वी राजमार्गको नौबीसे मुग्लिङखण्डमा यातायात अवरुद्ध भएको छ । धादिङको थाक्रे गाउँपालिका र धुनिवेंसी नगरपालिका जोड्ने गणेशखोलाको पुल भासिँदा यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ ।
अहिले दुवैतर्फ गाडीको लामो लाइन लागेको छ । यातायात पुन: सञ्चालन हुन केही समय लाग्ने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।भासिएको पुलमा ग्यावीन जाली हालेर बाटो खुलाउने भनिएको छ। तर तत्काल सडक खुल्ने अवस्था भने रहेको छैन। प्रहरीले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ।