परिवार र करियर सहित आफ्नो स्वास्थ्यको पनि ख्याल राखौ

रमेश रिजाल, योकोहामा, जापान

सम्पुर्णमा नमस्कार म रमेश रिजाल 

नयां बर्ष २०२३ को आगमनसगै मनमा नयां जोश र उर्जा भरी बांकि समय परिवार  र करियरलाई बढी ध्यानदिएर रेजुलेशन (लक्ष्य तय) गर्ने हाम्रो संस्कारलाई त्यति वेला जस्किए जनवरी २ तारिक धनकुटा घर भएका २७ बर्षिय युवाकोटोकियोमा भएको मृत्युले खबरले आफै निस्सिएको भान हुन पुग्यौ । 

मनमा अनेकन विचार खेलिरहेको समय जनवरीको दोश्रो हप्ता मन कुमार राईको मृत्युको खबरले फेरी दुखित बनाईरहेको समय मसगैकोसाथिको स्वास्थ्यमा आएको समस्या मेरो लागि अर्को दुखदायी पिडा बनेर आयो । 

उनलाई बचाउन सफल भयौ तर यस बारेमा केहि त लेख्नै पर्छ भनेर लेखिरहेकोछु। 

हिजो मेरो अगाडी जे भयो जे देखियो त्यो सामान्य कुरा थिएन र मैले भोली तपाईहरु कसैमा पनी यस्तो समस्या नपरोस भनि सेयर गर्दैछु!

मैले भोगेका र आफ्नै आखाले देखेका समस्या हरु र जापान मा हप्तै पछी घटी रहेका घटना संग संबन्धीत छ एक पल्ट पढेर साथीहरुसम्म सेयर गर्दिनु होला जस्ले गर्दा यस्तो घटना घट्न बाट बच्न सकिन्छ ! 

जति पनी विदेश मा (जापान मा ) रहनु भएको छ वाहा हरु लाई मेरो सानो अनुरोध हामी नेपाल मा जुन शैलीमा जिवन यापन गर्दै आईरहेको हुन्छौ जापान मा त्यस्को ठ्याक्कै उल्टो हुन जान्छ खासगरि विध्यार्थी जिवन मा एकदमै चुनौती र कठिनाई हरु अवस्य छन ! कलेज जा रात भरि काम गर सुत्ने समय खाने समय को तलमेत मिल्दैन जापान को हावापानी वातावरण स्वच्छ छ रोग हरु रुघा खोकीजस्ता सामान्य रोग हरु पनी झट्टै लाग्दैन हाम्रो शरिर हिडडुल गर्दा सामान्य अवस्था मा नै रहेको कुनै पनी समस्या देखा परेको हुदैन तरभित्र भित्रै एकदमै कम्जोर भएको हन्छ र कति बेला के हुन्छ केही भन्न सकिदैन ! हो जापान मा धेरै जना सुति रहेको अवस्थामा नै उठ्ननसकेर सुतेको सुतै भएर ज्यान गुमाएको खबर हप्ता दिन नबित्दै धेरै ले ज्यान गुमाएको सबैमा अवगत नै रहेको कुरा हो ! 

हिजो मैले मलाई आफै माथि मेरै आखा अगाडी एउटा दुर्धटना हुन गयो जुन कुरा तपाई हरु माझ सेयर गर्यो भने तपाई हरु लाई थोरै भएपनी सचेतना मिल्न सक्छ र कसैमा पनी यस्तो हुनु पुर्व सावधानी रहनु होला भनेर पनी जानकारी गराउदछु! 

हामी दुई साथि ( विध्यार्थी भाई ) र म सानो काम ले नेपाली रेस्टुरेन्ट मा  भेटेर बसियो र मैले साथि लाई भोक लागेको छ भने खानाखानुस म खाना चै खादिन च्या मात्र खान्छु भर्खरै खाजा खाए तपाई खानुस भन्दा वाहाले हैन खाना न खाम बरु घरतिरै जाम आज कामपनी छैन छुट्टी छ भन्नु भयो हामी केही बेर संगै थिसौ संगै बसि रहेको थियौ  र च्या मगाएर च्या खादै थियौ ( हामीले कुनै पनी नसा सेवनगरेको थिएनै र म धेरै समय देखी गर्दिन पनी फेरी जाड खाए होला भन्ने हुन सक्छ र यो जाड रक्सी खाएको बेला यस्तो हुन गएमा झनैठुलो दुर्धटना हुन सक्छ त्यसैले ख्याल गर्नु होला ) च्या खादै गर्दा पुराना साथि हरु त्याहा केही प्रोग्राम भएको भएर भेट पनी भयो र हामीगफ गाफ मा थियौ गाक्को नजिकै भएको भएर भाई बहिनीहरु  पनी त्यी बाटो हुदै रुम आउने बोल्ने गरि रहेका थियौ !

त्यतीकै मा जाम रुम तिर अब भन्दा साथि मेरो छेउमै बसि रहनु भएको थियो निदाय जस्तो लाग्यो हामी ले ए कति छिटो निदाउनु भयो हैजाम भनेर मैले घचघच्याए तर वाहा को होस पुरै थिएन १ मिनेट पनी भएको थिएन वहाको शरिर अररो भै सक्नु भएको थियो हामी सबैआत्ति सकेको थियौ मैले एम्बुलेन्स भने त्याहा एकजना साथिले कल गर्नु भएछ मुख बाट स्वास दिनु पर्यो भनेर मुख खोल्न खोज्दा मुखबाधी सकेको थियो आखा बंद थिए सबैले खुट्टा हात छाती मा मलिस गर्दा गर्दै १ मिनेट जस्तो मा वहा को होस फर्कियो के भयो र मलाईभन्दै उठ्न खोज्दा फेरी बिहोस हुनु भयो र एम्बुलेन्स पनी आयो र मैले हस्पिटल लिएर गए कतै केही रोग पत्ता लागेन चेक जाच गर्नु पर्नेसबै जाच गरियो टाउका को सिटी स्केन मुटु छाती खुन सबै तर केही पनी देखा परेन छातीको X-ray गर्न उभिदा फेरी त्यस्तै भयो डाक्टरर मैले बोकेर फेरी सुतायौ  सुताए पछी होस आयो तर वाहा लाई के भयो थाहा थिएन सबै रिपोर्ट ठिक थियो केही रोग देखिएन र पहिलात्यस्तो मुर्छा पर्ने छारे रोग हरु पनी थिएन के भयो भयो पहिलो पल्ट भयो ! डाक्टर ले नडरा है भन्यो र हामी केही बेर हस्पिटल मै बसेर रुमतिर फर्कियौ ! डाक्टर को भनाई र वहाको अवस्था हेर्दा खाना खाने सुत्ने समय को तालमेन नमिलेको भित्र भित्रै शरिर कम्जोर भएको नैहो भन्ने भयो ! 

त्यसैले तपाई हरु कसैले पनी भोक छैन आज त थोरै भएपनी काम बडी गरेर फर्कन्छु वा भरे भोली बिदा पनी छ पछी बनाएर खान्छुविस्तारै सुत्छु नभन्नु होला समय मै खानु समय मै सुत्ने गर्नु होला ! जापान मा बड्दो क्रममा रहेको समस्या तनाब डर खाने सुत्ने तालमेलआफ्नो समस्या सेयर नगर्नु एक्लै बस्नु जस्ता कुराले हो यस्तै घटना एक्लै सुतेको अवस्थामा हुन गई साथि समय मा नआई पुग्नु प्रथमीकउपचार समेत नपाउनु र ज्यान गुमाउनु नै प्रथम समस्या हो तर हामी न आफ्नो न साथीको न कसैको ख्याल गर्ने समय नै पाउदैनौ तर वाहाहरु जो संगै बस्नु हुन्छ साथि संग एकदमै मेलमिलाप कुनै पनी तनाब नरहेको मिलेर बस्नु भएको कुरा मलाई जानकारि समेत छ ! त्यसैले१ मिनेट को अंतर मा एक्लै हुदा सरिर कम्जोर छ भनेर महशुस नै नहुदा नहुदै दुर्घटना हुन सक्छ सबैले आफ्नो ख्याल गरौ यस्तो समस्याजापान मा बड्दो क्रममा रहेको छ खानपिन मा ध्यान दिने काम हरु बडी नगर्ने समय मा खाने सुत्ने गर्ने गरौ शरिर मा कुनै पनी समस्या छकि जस्तो महशुस हुन साथ हस्पिटल जाने गरौ ! 

धन्यावाद !

सुझावका लागि-Rameshrijal977@gmail.com

ताजा समाचार