टोकियो
पर्वत जिल्ला भित्रका जेहेन्दर विद्यार्थीहरुको शिक्षामा सहयोग पुर्याउने उदेष्य सहित पर्वत समाज जापानले टोकियोमा आयोजना गर्ने नेपाली चलचित्र महापुरुषको तयारी पुरा भएको छ ।
जनवरी ७ तारिक शनिबार तय गरिएको नेपाली ब्यान्ड मन्त्र ब्यान्डको सांगितिक कन्सर्टको तयारीमा जुटेको पर्वत समाज जापान प्राविधिक रुपमा स्थागित भएको जानकारी दिदै उक्त दिन कन्सर्ट नभई नेपाली चलचित्र ‘महापुरुष’ टोकियो स्थित नाकानो जेरो हलमा प्रर्दशन हुने समाजका अध्यक्ष शुभाष लामिछानेले जानकारी दिनुभयो ।
पर्वत समाज जापानले पर्वत जिल्ला भित्रका विभिन्न ठाउँमा गरिब, दलित पिछाडिएको क्षेत्र, दीर्घरोगी लगायत प्राकृतिक बिपत्ति परेकाहरुलाई सहयोग गर्दै आइरहेको छ ।