टोकियो
जापानको गुन्मा केन(प्रान्त) मा यसै महिनाको १६ तारिक छुरा हानि हत्या भएका ४२ बर्षिय लक्ष्मी अधिकारी बस्नेतको विहीबार जापानमा नै अन्तेष्टी सम्पन्न भएको छ ।
एक हप्ता अघि अधिकारी बस्ने अपार्टमेन्टमा राति ११: ३० बजे कास्की घर भएका ३७ बर्षिय विस्वराज आचार्यले छुरा प्रहारगरी हत्या गरेको आरोपमा प्रहरीले सोधपुछका लागि आचार्यलाई थुनामा राखेको छ ।
विहीबार सम्पन्न अन्तेष्टि समारोहमा लक्ष्मीको आत्माको शान्तीका कामना गर्दै मौन धारण पछि अन्तेष्टी शुरु भएको थियो ।
नेपाली साझा समाज जापानका अध्यक्ष बुद्दी शेरचन एवं गल्कोट समाज जापानका अध्यक्ष कालिका थापा, साझा समाजका पदाधिकारीहरु, गल्कोट समाजका पदाधिकारीहरु एवं लक्ष्मीसग काम गर्ने साथिहरु एवं गुन्मा केनमा रहेका नेपालीहरुको उपस्थितीमा अन्तेष्टी सम्पन्न भएको हो ।
लक्ष्मी हत्यामा प्रहरीले हत्यारा एवं हत्याका कारणका बारेमा अनुसन्धन जारी राखेको छ । प्रहरीले छानविनका बारेमा कुनै पनि जानकारी सार्वजानिक गरेको छैन ।
श्रीमानको डिपेन्डन्ट भिषामा रहेका लक्ष्मीको एक छोरा नेपालमा रहेको बुझिएको छ ।