जापानिज बजारमा नेपाली उत्पादनलाई बिस्तार गर्दै मयुर कर्पोरेशन

टोकियो

नेपालमा उत्पादन भएको खाद्य एवं पेय पदार्थलाई जापानको बजारमा प्रबर्द्धन तथा बिक्री-बितरण गर्दै आईरहेको मयुर कर्पोरेशनले यो महिनाबाट थप ४ वटा नयाँ नेपाली उत्पादनहरु लाई बजारमा ल्याएको छ ।

मयुरले अर्ना बियर (अल्कोहल ५.५ प्रतिशत), अर्ना बियर (अल्कोहल ८ प्रतिशत), वाइवाइ अकबरे चाउचाउ, वाइवाइ पिजा चाउचाउ र सफल घिउ रहेका छन् ।

मयुर कर्पोरेशनका जापानिज बजारमा नेपाली ब्राण्डका नेपाली बियर, खुकुरी रम, नेपाली रक्सी, नेपाली चाउचाउ, कोदोको पिठो, फापरको पिठो, गुन्द्रुक, सिस्नोको धुलो, ड्राइ च्याउ, टिमुरको धुलो, मकैको च्याँख्ला, सिमी, बोडी, केराउ, मास, मुसुरो, भटमासजस्ता दालजन्य गेडागुडी आदि जापानको बजारमा बिक्री-बितरण गर्नुका साथै प्रबर्द्धन गर्दै आईरहेको छ ।

गएको आईतबार प्रेशमिटको आयोजना गरि जानकारी दिएको हो । कार्यक्रममा मयुरका कार्यकारी प्रमुख अरुणकुमार श्रेष्ठले स्वदेशी उत्पादनलाई बिश्व बजारमा प्रबर्द्धन गरी देशमा विदेशी मुद्रा भित्र्याउन सके मुलुककै अर्थतन्त्रमा ठूलो टेवा पुर्‍याउन सकिने धारणा ब्यक्त गरे ।

कार्यक्रममा डा. बलाराम श्रेष्ठ, नेपाल पत्रकार महासंघ जापानका संस्थापक अध्यक्ष तिलक मल्ल, एनआरएन जापानका कार्यबाहक अध्यक्ष नविन निउरे, नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष शान्तकुमार पहरी लगायतले बोलेका थिए ।

मयुर कर्पोरेशनका कार्यकारी प्रमुख अरुणकुमार श्रेष्ठको सभापतित्व र नेपाल चेम्बर अफ कमर्श जापान शाखाका अध्यक्ष डा. श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सो समारोहको पत्रकार गोकर्ण अधिकारीले सहजीकरण गरेका थिए ।
सो अवसरमा हालैमा सम्पन्न नेपाल पत्रकार महासंघ जापान शाखाको पाँचौ अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष शान्तकुमार पहरीको नेतृत्वको कार्यसमितिलाई मयुर कर्पोरेशनको तर्फबाट सफल कार्यकालको कामना गर्दै बधाई ज्ञापन पनि गरिएको थियो।

ताजा समाचार