बागी’ उम्मेदवारहरु कांग्रेसबाट पाँच वर्षका लागि निष्कासित

काठमान्डौ

नेपाली कांग्रेसले सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध ‘बागी’ दिएका उम्मेदवारहरुलाई पार्टीबाट निस्कासन गरेको छ।

निर्वाचन आयोगले तोकेको समयावधि बुधबार दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता नलिएका ‘बागी’हरुलाई कांग्रेसले पाँच वर्षका लागि पार्टीबाट निस्कासन गरेको हो। 

कांग्रेसले ‘बागी’सँगै निजका प्रस्ताव र समर्थकलाई पनि पार्टीको साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि निस्कासन गरिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।   

उनका अनुसार कांग्रेसले विधानको धारा ३४ (१) (घ) उल्लंघन गरेकोमा धारा ३४ (४) (क) अनुसार पार्टीको सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि निस्कासन गरिएको हो। 

यसअघि कांग्रेसले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर ‘बागी’हरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको थियो। 
विज्ञप्तिमा उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निस्कासन हुने पनि चेतावनी दिएको थियो।

ताजा समाचार