टोकियो
मंगलबार विहान उत्तर कोरियाले प्रहार गरेको मिसाईल जापानको तोहोकु र होक्काईदो क्षेत्रको विचबाट प्रशान्त महासगारमा खसेपछि जापान सरकारले त्यसको कडा शब्दमा निन्दा गरेको छ ।
मंगलबार पश्चिम जापानबाट ४ हजार ६ सय किलोमिटर टाढा समुन्द्रमा ब्यालेस्टिक मिसाईल खसेको जापानिज रक्षा मन्त्रालयले जानकारी सहित विहान ७ बजेर २७ मिनेटमा तोहोकु एवं होक्काईदो क्षेत्रमा संचालित मोबाईलमा अलर्ट म्यासेज बजेको थियो ।
जापान सरकारले सार्वजानिक एवं मोबाईलमा सूचना प्रवाह गरेको भएपनि उक्त क्षेत्रको चार शहरमा सूचना प्रवाह गर्न नसकिएको जनाएको छ ।
यसैविच तोहोकु क्षेत्र र होक्काईदो क्षेत्रमा करिब ११ सय नेपाली नागरिकहरुको बसोबास रहेको छ । आज मिसाईल खसेपछि हामिले त्यस क्षेत्रका केहि नेपालीहरुसग कुरा गरेका थियौ ।
द्रोण सिलवाल अध्यक्ष, प्रवासी नेपाली एकता मंच जापान (निगाता)

विहानको समय र दशै पनि आएकाले सपरिवार भर्खरै उठेर चिया खाने समय हुदै थियो । अकस्मात मिसाईल खसेको ईमरजेन्सी म्यासेजले हामि सबैलाई अत्याएको बताउदै, टिभ हेरेर थप जानकारी पछि सबै जानकारी पाएको बताउनु भयो । जापान सरकारले गर्ने कामका कारण कुनै संकोच नभएपनि मनमा त्रास बढेको र नजिकका साथिहरुलाई फोन गरेर हालखबर सोधेको बताउनु भयो ।
राज बिक्रम खडका, ब्यवसायी, साप्पोरो होक्काईदो

भर्खरै उठेर बसेका थियौ, मोबाईल र सार्वसानिक माईकमा सूचना जारी भयो । मोबाईलको अलर्टले भने मनै अत्याएको थियो । के हुने अब भन्ने मनमा आएपनि जापानमा छौ त्यसैले केहि उपाय त जापान सरकारले गर्छ भनेर ढुक्का भयौ र आज नै साप्पोरो नजिक बस्ने सबै मिलेर दशै मनाउने तयारी गरेको बताउनु भयो ।
दिपक सुनार, सहकोषध्यक्ष एनआरएन जापान(निगाता)

हामि उठने तयारीमा थियौ । एक्कासी मोबाईलमा मिसाईल हीन्यौ मिसाईल हान्यौ भनेर अलर्टहरु आएको आए भएपनि सबै झस्किएर बाहिरा निस्कियौ, तर बाहिरा सधैको जस्तो सामान्य थियो । टिभि खोल्यौ र फेशबुक हेरेपछि केहि साथिहरुले स्टटश देखेपछि जानकारी पाएको बताउदै आओमोरी, आकिता एवं होक्काईदाका साथिहरुलाई फोन गरेर हालखबर बुझेको बताउनु भयो ।

यसैगरी टोकियो स्थित नेपाली दूतबासका प्रथम सचिव जित बहादुर कार्किले मिसाईल प्रहार भएको जानकारी भएको भएपनि आज सम्म त्यस्तो कुनै अप्रिय जानकारी नआएको बताउनु भयो ।
मिसाईल मंगलबार विहान ७ बजेर २२ मिनेट जादा जापानको आकासलाई क्रस गर्दै प्रसान्त महासागरमा खसेको थियो ।
यो उत्तरकोरियाले ५ बर्ष पछि पहिलो पटक जापानको आकासलाई पारगर्दै मिसाईल प्रहार गरेको हो ।
मिसाईल बारे केहि जानकारी
क, उच्चतम उचाइ लगभग १ हजार किमी रहेको थियोभने लगभग 4 हजार६ सय किमी उडान जुन अहिलेसम्म सबैभन्दा लामो मानिन्छ।
▽ लगभग 7:28 देखि लगभग 7:29 सम्म Aomori प्रिफेक्चर पार गरेको अनुमान।
▽ लगभग विहान ७ः४४ बजे अनुमान गरिएको छ कि यो जापानको EEZ = जापानको 3200 किमी पूर्वमा विशेष आर्थिक क्षेत्र बाहिर खसेको थियो ।
▽ IRBM = मध्यम दूरीको ब्यालिस्टिक मिसाइल वर्ग वा माथिको दायरा भएको क्षेप्यास्त्र भएको अनुमान गरिएको छ ।
▽ यो महिना ४ पटक प्रक्षेपण गरिएको मध्यम दुरीको ब्यालेस्टिक मिसाइल “ह्वासोङ-१२” को समान प्रकारको सम्भावना रहेको छ ।