साफ च्याम्पियनसीपको उपाधि बंगलादेशलाई, नेपालको सपना अधुरो 

काठमाडौं । नेपालले पहिलोपटक महिला साफ च्याम्पियनसिपको उपाधि जित्ने अवसर गुमाएको छ । आज भएको प्रतिस्पर्धात्मक फाइनलमा बंगलादेशले नेपाललाई ३-१ को गोल अन्तरले हराउँदै उपाधिमा कब्जा जमायो ।

सुरुदेखि रोमाञ्चक बनेको खेलमा नेपालले गोलका थुप्रै सुन्दर अवसरहरु सिर्जना गरे पनि फिनिसिङमा चुक्यो । नेपाली खेलाडीहरु मैदानमा निकै अठोटका साथ भिडेका थिए । तर, भाग्यले पनि नेपाललाई साथ दिएन । एकपटक गोललाइनमै पुगेको बल पनि गोलमा परिणत भएन ।

खेलको १३ औं मिनेटमा बंगलादेशले अग्रता लिएको थियो । बंगलादेशकी सामसुननहरले निकै आकर्षक गोल गर्दै नेपाली समर्थकलाई स्तब्ध पारिन् । यस्तै खेलको ४२ औं मिनेटमा श्रीमोती सरकारले दोस्रो गोल गरिन् ।

नेपालका लागि अनिता बस्नेतले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनले उत्तरार्द्धमा एक गोल गरेपछि नेपाल खेलमा फर्किएको थियो । तर, बंगलादेशकी श्रीमोतीले दोस्रो व्यक्तिगत गोल गर्दै नेपाली समर्थकको आशामा पानी खन्याइदिइन् ।

खेलको पहिलो आफ प्रतिस्पर्धात्मक थियो भने दोस्रो हाफमा नेपालले बंगलादेशलाई निरन्तर दबाबमा राखेको थियो । तर, बंगलादेशको रक्षपंक्ति र गोलरक्षकको बलियो पर्खाल नेपालले तोड्न सकेन ।

नेपालले मध्यान्तरपछि आफ्नो गोलमेसिन सावित्रा भण्डारीलाई मैदानमा पठाएको थियो । तर, उनले पनि आज कुनै चमत्कार गर्न सकिनन् । उनले केही मौका पाए पनि त्यसको सदुपयोग गर्न चुकिन् । बंगलादेशको जीतसँगै साफ च्याम्पियनसीपले नयाँ विजेता पाएको छ ।

अहिलेसम्म भारतबाहेक कुनै पनि देशले च्याम्पियनसिप जित्न सकेका थिएनन् । भारत फाइनलबाट बञ्चित भएको पनि पहिलोपटक हो । नेपालले फाइनल जितेर उपाधि घरमै राख्ने आशाका साथ आज दशरथ रंगशालामा दर्शक ओइरिएका थिए । तर, निराश भएर फर्किएका छन् । राम्रो खेल्दाखेल्दै पनि नेपाल उपाधिसम्म पुग्न सकेन ।

उपाधि जित्न नसकेकोमा प्रशिक्षकले राजिनामा दिने र कप्तानले मागे माफी

राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक कुमार थापाले राजीनामाको घोषणा गरेका छन् । आज भएको साफ महिला च्याम्पियनसिपमा नेपाल उपाधि चुम्नबाट चुकेपछि थापाले राजीनामाकाे घाेषणा गरेका हुन् ।

परिणाम नल्याउनेले पद ओगटेर बस्नु नहुने उनले बताए ।  आफूले ७ हप्तामा जेजति गरेको भए पनि नतिजा दिन नसकेको र आफ्नो ठाउँमा कोही योग्य मान्छे आउनुपर्ने उनकाे भनाइ थियाे ।

यसअघि सन् २०१६ मा पनि महिला टिमको प्रशिक्षक रहेका थापालाई साफ च्याम्पियनसिपकै लागि अखिल नेपाल फुटबल संघ एन्फाले प्रशिक्षक बनाएको थियो भने एता

साफ महिला च्याम्पियनसिपको उपाधि जिताउन नसकेको भन्दै
कप्तान एञ्जिला तुम्बापो सुब्बाले माफी मागेका छन् ।

दशरथ रंगशालामा बंगलादेशसँग ३–१ ले पराजित भएपछि पत्रकारसित कुरा गर्दै उनीहरुले उपाधि जित्ने वाचा गरे पनि त्यो वाचा पूरा गर्न नसकेको बताए ।

ताजा समाचार