टोकियोको ओकुबोमा नेपाली सहित बिभिन्न देशहरुको परिकारहरु पस्कने रेष्टुरेन्ट ‘पाराडाईज’ मंगलबारबाट संचालन

टोकियो

टोकियोको सिन्जुकु वार्डको ओकुबोमा मंगलबार सांझ नेपाली चर्चित गायक राजु लामाले आफ्नो चर्चित गित ’पर्खाईमा भिज्यौ सिरानी’ बोलको गितसगै नेपाली सहित बिभिन्न देशका खानाहरु पस्कनेगरी संचालनमा आएको पाराडाईज रेष्टुरेन्टको शुरुवात गरेका छन ।

ओकुबो स्टेशनबाट २ मिनेटको दुरीमा रहेको पाराडाई रेष्टुरेन्टमा नेपाली सहित थाई, भियतनाम, सिङगापुर, ईन्डियान खानाहरु पाईने संचालक शिवहरी पौडेलले जानकारी दिएका छन ।

जापानमा विगत तिन दशक देखि रेष्टुरेन्ट ब्यवसायमा जमेका रोविन प्रसाद शेरचन सहित शिवहरी पौडेल, पासाङ शेर्पाको सयुक्त लगानीमा संचालन भएको रेष्टुरेन्टमा छुट्टै वियार गार्डन पनि रहेको छ ।

जापानमा सांगितीक यात्रामा रहेका मंगोलियन हर्टका गायक राजु लामाको तिन हप्ताको जापान बसाईको अन्तिम दिन मंगलबार सांझ पाराडाईज रेष्टुरेन्टको शुरुवात गर्दै लामाले सगरमाथा र माउन्ट फुजी चढदाको अनुभव सहित जलवायु परिवर्तनका लागि आफुले सक्दो प्रयासमा जापानबासि नेपालीहरुको सहयोगले ठुलो सहयोग पुग्ने बताउदै सबैलाई धन्यबाद ब्यक्त गरेका थिए ।

गायक राजु लामाको यो अभियानमा लागि परेका गायक तथा सास्कृतिक अभियान्त ईश्वर गुरुङले सहजीकरण गरेको उदघाटन कार्यक्रममा राजु लामाले शुरु गरेको अभियानलाई जापानबाट थोरै भएपनि सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गर्दै गायक लामालाई आभार र शुभकामना दिएका थिए ।

मंगलबार उक्त कार्यक्रममा पनि राजु लामालाई भेटन र सगै फोटो खिचाउन नेपाली युवा युवातीको लामो लाईन लागेको थियो । लामा बुधबार विहान नेपाल फर्कने छन ।

एभरेष्ट ट्रेड कम्पनिको प्रस्तुतीमा रहेको रेष्टुरेन्ट उदघाटनमा एनआरएन आईसिसिका उपमहासचिव ओम गुरुङ, नेपाली ब्यवसायी संघ जापानका अध्यक्ष विजय थकाली लगायतले ब्यवसाय सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

सिन्जुकु स्थित ओकुबो क्षेत्रमा नेपालीहरुको बसाई सहित नेपाली ब्यवसायीहरुको लोभलाग्दो उपस्थिती रहेको छ ।

ताजा समाचार