कास्कि पोखरा समाज जापानको आयोजनामा बारबिक्यू सम्पन्न

टोकियो

पर्यटकिय शहर पोखराबाट जापान आई जापानमा बसोबास गर्ने कास्केलीहरुको सस्था कास्कि पोखरा समाज,जापानले आईतबार बृहत बारबिक्यू कार्यक्रम सम्पन्न गरेको छ ।

बारबिक्यू कार्यक्रममा कास्केलीहरु सहित जापानमा क्रियाशील विभिन्न संघ सस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको सहभागिता रहेको कास्कि पोखरा समाज जापानका अध्यक्ष विश्व सुवेदीले जानकारी दिनुभयो ।

कास्कि पोखरा समाज, जापानको आयोजनामा भएको कार्यक्रममा एनआरएन एसिया प्यासिफिकका सहसंयोजक दघिवल खडका,एनआरएन जापानका अध्यक्ष शिव प्रसाद पौडेल, नेपाली ब्यवसायी संघ जापानका अध्यक्ष विजय थकाली, नेवा खल जापानका अध्यक्ष ईन्दिरा सुजुकी, गोर्खा समाज जापानका अध्यक्ष सिएम भट्टाराई लगायत संघ सस्थाका पदाधिकारी सहित कास्कि पोखराका गरी यस बर्षको बारबिक्यू कार्यक्रममा १ सय भन्दा बढीले सहभागिता जनाएका कास्कि समाज जापानका प्रवक्ता दिपक सुनारले जानकारी दिनु भयो ।

कास्कि पोखरा समाजका अध्यक्ष विश्व सुवेदीको अघ्यक्षतमा सम्पन्न कार्यक्रममा अन्तराष्ट्रिय कास्कि समाज (आईसिसि) को उपाध्यक्ष बिकास पौडेललाई बधाई सहित स्वागत गरिएको थियो । कार्यक्रमको सहजिकरण महासचिव विशु भन्सडारीले गर्नु भएको थियो भने बारबिक्यू सम्पन्न गर्न सन्देश अधिकारीलाई सयोजकको जिम्मेवारी दिएको थियो ।

कास्कि पोखरा समाज जापानले हरेक बर्ष यस्ता कार्यक्रमहरुको आयोजना गर्दै आएका छ ।

ताजा समाचार