टोकियो
जापानको ओईताकेनको बिप्पु शहरमा बिद्यार्थी पछि कम्पनिमा काम गरिरहेका नेपाली युवाको उपचारको क्रममा जापानमा नै मृत्यु हुन पुगेको छ ।
सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका-१ गुर्मिसे घर भई काठमाडौ सामाखुसी बस्ने प्रविन शेर्पाको अगष्ट १० तारिक माछा मार्न समुन्द्रको किनार गएका समयमा दुर्धटनामा परेका थिए । जापानका समाचार अनुसार करिब दुई मिटर माथिबाट तल खसेका शेर्पाको टाउकोमा चोट लागेपछि उपचारका लागि हस्पिटल लगिएको थियो । शेर्पाको उपचारका क्रममा ३१ बर्षको उमेरमा मृत्यु हुन पुगेको हो ।
जापानमा विद्यार्थी जिवन पछि कम्पनिमा काम शुरु गरेका प्रविन, जाङबु शेर्पा र कान्डु शेर्पाको माइला छोरा हुन ।
मृतक शेर्पाको जापानमा नै अन्तेष्टी गरिएको शेर्पा समाज जापानका अध्यक्ष दावा लामा शेर्पाले जानकारी दिएका छन ।
शेर्पाको घर सामाखुशी काठमान्डौमा बुद्द सस्कृती अनुसार पुजा भईरहेको बताईएको छ ।