टोकियो
पांच दिने जापान भ्रमणको अन्तिम दिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानमा रहेका पत्रकारहरुसग कुरा गर्दै आगमी निर्वाचनमा चितवान क्षेत्र नं ३ बाट नै चुनाव लडने घोषण गर्नु भएको छ ।
दिनभरीको ब्यस्त समय पछि नेपाल पत्रकार महासंघ जापानले आयोजना गरेको प्रेश मिटमा अध्यक्ष प्रचण्डले आगमी निर्वाचनमा चितवान क्षेत्र नं ३ बाट नै निर्वाचन लडने घोषण गर्दै जापानमा बसोबास गर्ने सबै नेपालीहरुलाई सहयोगका लागि अनुरोघ पनि गर्नु भयो ।
दिनभरीको ब्यस्त समय पछि जापानमा रहेका नेपाली पत्रकारहरु विच उपस्थित प्रचण्डले जापान भ्रमण सोचे भन्दा पनि सानदार भएको बताउदै, नेपालको बिकास कुनै पनि बिदेशी मुलुक जस्तो नभई नेपाली मौलिक तर अत्याधुनिक हुनु पर्नेमा जोड दिनुभयो । उहाले अब नेपालको आर्थिक बिकासमा लाग्नुपर्ने बताउदै मंसिर पछिको अवस्थामा पनि प्रधानमन्रीमा आफ्नो दावी नरहने तर आर्थिक बिकास र नेपालको सृम्बृद्दीमा सधै नेतृत्व गर्न पछाडी नपर्ने बताउनु भयो ।
पत्रकारहरुले नागरिकता विघयकमा राष्ट्रपतिले रोके के हुन्छ भन्ने जिज्ञासमा उहाले राष्ट्रपतिले फिर्ता नगर्ने बताउदै यदि त्यसो भएमा गठबन्धन सरकारले त्यसलाई फेरी राष्ट्रपतिकोमा पठाउने र कार्यन्वन गर्ने बताउनु हुदै नागरिकताको विषयमा सबै दल एक ठाउमा रहेको उहाको दावि थियो ।
जापानमा रहदा जापानिज नेता सहित नेपालीहरुसगको भेटले आफु उत्साहित भएको बताउनु भयो ।
प्रचण्ड बुधबार नेपाल फर्कने कार्यक्रम रहेको छ ।