
टोकियो
जापानमा भ्रमणमा शनिबार जापान आईपुगेका नेकपा माओवादि केन्द्रका अध्यक्ष एवं पूर्व प्रम पुष्प कमल दाहाल ‘प्रचण्डले सत्ताधारी दलका पूर्व महासचिव तोसिहिरो निक्केईसग भेटवार्ता गर्ने भएका छन ।
माओवादी केन्द्रको प्रवाश संगठन जापान जनप्रगतिशिल मंचको निमन्त्रणमा पांच दिने जापान भ्रमणमा आज नारिता विमानस्थल आईपुगेका अध्यक्ष प्रचण्डलाई जापान आउदा तयारी नपुगेको जस्तो देखिएको थियो ।
आयोजकले निष्पक्ष न्यूजलाई दिएको जानकारी अनुसार शनिबार विहान नारिता आईपुगेका अध्यक्ष प्रचण्डलाई नारितामा केहि समयको विश्राम पछि सिधै नेपाल फेष्टिवल उदधाटनका लागि फुकुओका लगिएको छ ।
फुकुओका पछि आईतबार विहान अध्यक्ष प्रचण्ड हिरोसिमा जानुहुने कार्यक्रम तय भएको छभने सोहि दिन जनप्रगतिशिल मंच जापानले आयोजना गर्ने ‘समृद्ध नेपालको आधार : आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक खुल्ला अन्तरक्रियामा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।
त्यसपछि जापानमा भईरहेको विकासहरु, कृर्षि क्षेत्रको विकास लगायतका क्षेत्रहरुमा अवलोकन भ्रमण गर्ने कार्यक्रम तय गरिएको छ ।
सत्ताधारी दलका पूर्व महासचिव तोसिहिरो निकेईसग भेटवार्ता
अध्यक्ष प्रचण्डले अगष्ट ९ तारिक जापानको सत्ताधारी दल एलडिपिका पूर्व महासचिव तोसिहिरो निक्केईसग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
टोकियोमा हुने उक्त भेटवार्ताका लागि नेपाली दूतबास टोकियोले पूर्व तयारी शुरु गरिसकेको र भेटवार्तामा छलफल हुने विषयहरुका बारेमा तयारीमा जुटेको जनाएको छ । तोसिहिरो निक्केई सत्तारुड दल एलडिपिका प्रभावशाली नेता मानिन्छन, निक्केई सेन्सेईको नामले जापानमा परिचित उहा जापान- नेपाल संसदिय समितिका सभापित पनि हुन ।
सोहि सांझ अध्यक्ष प्रचण्डले जापान भ्रमण सहित नेपालको राजनितिको बारेमा बोल्ने अपेक्षा गरिएको छ ।