२१ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । बिहान ५:२६ मिनेटमा भूकम्प गएको हो ।
भूकम्पको मापन, केन्द्रबिन्दु र क्षतिबारे आधिकारिक विवरण आउन बाँकी रहेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो धक्का भारत र चीनका केही भागमा समेत परेको छ ।
बेलकोटबाट २ किमिको आसपासमा भूकम्पको केन्द्रबिन्दु रहेको देखिएको र ४.५ म्याग्निटयुडको भूकम्प गएको अनुमान छ ।
