टोकियो
नेपालीको लगानीमा संचालित जापान सरकारको स्विकृतीमा संचालित नेपालीहरुकै पहिलो रेमिट कम्पनि जापान मनि एक्सप्रेस कम्पनिलि. JME ले बिगत २०१० देखि नेपाल लगाएत संसारको बिभिन्न मुलुकमा बिप्रेषण (रेमिट्यान्स) गराउदै आइरहेको छ |
अब App मार्फत जहाँ बाट जहिले पनि आफुले चाहेको ब्याक्तिलाई पैसा पठाएर JME कार्ड मार्फत Lawson को ATM मा गएरडिपोजिट गर्न सक्ने सुविधा थप गरिएको JMEका अध्यक्ष ओम गुरुङले जानकारी दिनुभयो ।
लवासनको एउटा कार्ड बाट नै बिभिन्न ब्याक्तिहरु लाइ पठाउन सकिने सुविधा सहितको सेवा शुरु गरेको हो ।
नेपालमा १ हजार भन्दा बढी एजेन्टहरु मार्फत पैसा प्राप्त गर्न सकिनुका साथै नेपालका सबै बैंकहरु मार्फत रियल टाइम पेमेन्ट सुबिधारहेको जेएमि रेमिट्यान्सले
ग्राहकहरुको सहजताको लागि आफ्नो मोबाईल APP पनि लन्च पनि गरि सकेको छ र पेमेन्ट गर्नको लागि लवासन बैंक संग सहकार्यगरि JME डिपोजिट कार्ड पनि बजारमा ल्याएको छ |
यो सेवाबाट जापानको ब्यस्त समयमा पनि सजिलै आफ्न्ताहरुलाई पैसा सजिलै पठाउन सकिने कम्पनीले जानकारी दिएको छ ।