गोलि लागि मृत्यु भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको शबलाई टोकियो ल्याईयो, अन्येष्टी जुलाई १२ तारिक हुने, श्रद्धान्जलीका लागि सिबुया स्थित घरमा सर्वसाधरणको लामो लाईन (फोटोहरु )

टेकियो

जापानको नारामा भएको चुनावी सभामा गोली हानि हत्या गरिएको जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको शबलाई सडक मार्ग मार्फत टोकियो स्थित घरमा ल्याईएको छ ।

आज दिउसो १ : ३० बजे टोकियोको सिबुया वार्डमा रहेको घरमा ल्याईएको हो । आबेका श्रीमतीका साथमा आबेको शबलाई विशेष गाडीमा राखि करिब ७ घन्टा लगाएर टोकियोमा ल्याईएको छ ।

एनएचकेले जनाए अनुसार जुलाई ११ तारिक पारिवारीक सदस्यहरुका लागि अन्तिम श्रद्धान्जलीका लागि राखिने छभने १२ तारिक परिवारका सदस्यहरु सहित सरकारका पदाधिकारी, पार्टिका पदाधिकारी जापान सरकारका उच्च अधिकारी सहितका विशिष्ट ब्यक्तिहरुका लागि अन्तिम श्रद्धान्जली गरिने जानकारी दिईएको छ ।

ताजा समाचार