रामचन्द्र पौडेलको प्रश्न : रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ? 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समाजवाद ल्याउनका लागि आचरण र व्यवहार त्यही अनुकुल हुनुपर्ने बताएका छन्। 

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठाननले सोमबार ललितपुरको जावलाखेलमा गरेको ‘नेपालमा समाजवाद चुनौती र सम्भावना’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ?,’ उनले सम्बोधनमा भने, ‘सबै मन्त्री बन्ने, सबैलाई मन्त्री बन्न पालो पुर्‍याउनुपर्ने पनि हुन्छ? कसरी आउँछ? हामी समाजवादतिर गइरहेका छौं कि के गरिरहेका छौं?’

पौडेलले एमालेले समाजवादको जग भत्काउन खोजेको आरोप लगाए। उनले समाजवादका लागि दलहरुको आचरणमै समस्या रहेको पनि जिकिर गरेका छन्। 

ताजा समाचार