नेपालले सेमिफाइनलमा युएईसँग खेल्ने

काठमाडौं – नेपालले एसिसी महिला टि२० च्याम्पियनसिप २०२२ को सेमिफाइनलमा युएईसँग खेल्ने भएको छ । शुक्रबार हुने सेमिफाइनलमा नेपालले युएईलाई हराउन सके महिला एसिया कपमा स्थान बनाउने छ ।

युएईले समूह ए को अन्तिम खेलमा कतारलाई १ सय ५३ रनको फराकिलो अन्तरले पराजित गर्दै विजेता बन्यो । नेपाल समूह बी को उपविजेता र युएई समूह ए को विजेताको रुपमा सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने भएको हुन् । अर्को सेमिफाइनलमा समूह ए को उपविजेता मलेसिया र समूह बी को विजेता हङकङबीच प्रतिस्पर्धा हुनेछ ।

फाइनल पुग्ने दुई टोलीले एसिया कप खेल्न पाउनेछन् । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र थाईल्यान्ड हुनेछन् । नेपाल ४ खेलमा ३ मा जित र १ मा हारका साथ समूह बी मा दोस्रो स्थानमा रह्यो । नेपालले पहिलो खेलमा भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले पराजित गर्यो । हङकङसँग नेपाल ७ विकेटले पराजित हुँदै समूह विजेता बन्ने अवसर गुमाएको थियो ।

हङकङ ४ खेलमा ८ अंकका साथ समूह बी मा शीर्षस्थानमा रह्यो । हङकङले कुवेतलाई ३० रन, बहराइनलाई ८ विकेट र भुटानलाई १४ रनले हराएको थियो । मलेसिया ४ खेलमा ३ मा जित र १ मा नतिजा विहीनका साथ समूह ए मा दोस्रो स्थानमा रह्यो । मलेसियाले सिंगापुरलाई १ सय १७ रन र कतारलाई १० विकेटले हराएको थियो । युएईसँग ३१ रनले पराजित हुँदा ओमानलाई ५३ रनले पराजित गर्यो ।

युएईले कतारविरुद्ध पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा १ विकेट गुमाउँदै २ सय १४ रन बनायो । युएईकी ओपनर ईशा रोहित ओजाले ६७ बलमा १८ चौका र ३ छक्कासहित १ सय १५ रनको शतकीय इनिङ खेलिन् । यो उनको दोस्रो शतक हो । यसअघि उनले बहराइनविरुद्ध गत मार्चमा ७१ बलमा २२ चौका र ६ छक्कासहित १ सय ५८ रनको शतकीय इनिङ खेलेकी थिइन् ।

ताजा समाचार