सार्वजनिक यातायातको भाडामा उच्च वृद्धि (सूचीसहित) 

काठमाडौँ — इन्धन महँगिएसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि उच्च दरले बढेको छ । इन्धनको मूल्यअनुसार स्वचालित प्रणालीमार्फत भाडा परिवर्तन हुने व्यवस्थाअनुरुप यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा भाडा बढाएको हो । विभागले अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको छ । 

अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ । त्यस्तै पहाडी बाटोमा चल्ने मालबाहक सवारी साधनमा ६.९४ तथा तराईमा चल्ने मालबाहक सवारीसाधनमा ७.७ प्रतिशत भाडा बढेको छ । स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहनेछ । गए राति १२ बजेबाट लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २१ रुपैयाँ तथा डिजेल/मट्टितेलमा २७ रुपैयाँ बढाएको थियो । हाल पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ कायम भएको छ । डिजेलको मूल्य २७ प्रतिशत बढेकाले सोअनुसार भाडा समायाेजन गरिएको विभागले जनाएको छ । 

बढेको भाडादरको सूची

https://doc-04-c8-docs.googleusercontent.com/docs/securesc/jcuqer1pskov5afpmasmthmqfdtca2do/vbni2bp28009265di97oebcei2uqidgp/1655709525000/02719129956677121622/16963981399441802002Z/13yGW-IL_9aIrYVqapiKkjNonv62F7KvZ?e=download&nonce=hs6fbrc5ci5ei&user=16963981399441802002Z&hash=eg6binkaqmt6e2m0gia5et6q839j7gd6

ताजा समाचार