टोकियो
एनआरएनए जापानमा अहिले कान्ड नै कान्ड विच अहिले सम्म पनि समधान हुन नसकेको नागोया क्षेत्रीय समितिको लफडामा १४ संघ सस्थाले पनि चासो देखाएका छन ।
एनआरएन नागोयामा क्षेत्रिय समितिमा समानन्तर दुबै कार्यसमितिले आफ्नो तरिकाले काम गरिरहेका छन । निर्वाचन समितिले एक पक्षीय उम्मेदवारलाइ मात्र साथमा लिइ निर्वाचन सम्पन्न भयो भनेर प्रतिष्पर्धि बिनाको निर्वाचन गराइ सपथ ग्रहण समेत गराएको ओरोप छ भने अर्को समूहले निर्वचन समितिले नै चुनाव गराई जिम्मेवारी प्राप्त गरेको जनाएको छ । निर्वाचन समितिले निष्पक्ष निर्वाचन गराउन नसकेको विधान विपरीत संयोजक मनोजबम मल्लको उम्मेदवारी सदर गरि निर्वाचन प्रक्रियामा सहभागी गराएको, निर्वाचनमा ५० प्रतिशत पुर्याउनका लागि निर्वाचन आयुक्तले नै पदीय मर्यादा विपरित ग्रुपमा कुराकानी गरेको लगायतका प्रमाणहरु सामाजिक संजालमा बाहिरिएपछि यसले थप संकट निमत्याएको हो ।
अहिले एनआरएनए नागोयाको विषयमा एसिया प्यासेफिक संयोजक गोविन्द श्रेष्ठ र सहसंयोजक पारशमणि पोख्रेलको जुङगाको लडाईमा हेर्दा पनि अप्ठारो लाग्ने काम भएको एनआरएन अभियानमा नै लागेकाले भन्न थालेका छन । यसै विच नागोयामा क्रियाशील १४ संघ सस्थाहरुद्वारा सयुक्त विज्ञप्ति जारी गरि यस बिवादको यथासक्य छिटो समाधान गर्नको लागि सम्बन्धित पक्षलाइ ध्यानाकर्षण गराएका छन ।
जारि गरिएको बिज्ञप्तीमा भनिएको छ यो दुबै अतिवादी प्रवृतिलाई हटाउनका लागि दुवै समिति भङग गरि सबै पक्षलाई समेटेर क्षेत्रीय समिति गठन गर्ने वातावरण सृजना गर्न अनुरोध गर्दछौ । विज्ञप्तिमा भनिएको छ – यदि सहमति नभए बिधान संगत तरिकाले पुन निर्वाचन गर्ने बातावरण मिलाउन अनुरोध गर्दछौ । केन्द्रलाइ यो बिषयमा गम्भीर ध्यानार्कषण गर्दै ठोस निर्णय नहुदासम्म दुवै समितिलाई कुनैपनि गतिबिधि नगर्न तत्काल निर्देशित गरि तुरुन्त नागोयामा विभाजित नेपाली समुदायलाइ एकीकृत गर्ने सौहार्दपूर्ण वातावरण सृजना गर्न भूमिका खेल्न अनुरोध गर्दछौ भनिएको छ ।